Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ओली समूहको पार्टीलाई माधव नेपालले दिए ‘सडकछाप’को संज्ञा

    ओली समूहको पार्टीलाई माधव नेपालले दिए ‘सडकछाप’को संज्ञा

    अनलाइन नेपाल
  • बुधबार, २९ पुष २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले ओली समूहको पार्टीलाई ‘सडकछाप’को संज्ञा दिएका छन् ।

    बुधबार प्रज्ञाभवनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओली समूह कम्युनिस्ट सोंच र संस्कृति नभएको ‘सडकछाप’ पार्टी भएको आरोप लगाए ।



    अहिले ओली समूहमा ११८ जना केन्द्रीय सदस्य रहेको बताए । पार्टी एकता हुँदाका ४४१ मध्ये अहिले ओलीतिर उभिएकाहरुको संख्या लगातार घटिरहेको नेपालले दाबी गरे । ‘जम्मा संख्या ११८ जना छन् । अब १०८, अनि ९८ पुग्न बेर छैन’, उनको भनाइ थियो ।



    लोभलालचमा परेर ओलीतिर गएकाहरु अराजनीतिक, दास र सामन्ती चिन्तन देखिएको उनले बताए । ओलीलाई उनी भन्दा उमेरले जेठो स्थायी कमिटी सदस्यले पनि खुट्टामा ढोक्ने गरेको प्रसंग नेपालले सुनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार