Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

    १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

    अनलाइन नेपाल
  • बुधबार, २९ पुष २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीले सामूहिक बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पञ्चेश्वर गाउँपालिकाकीका बस्ने २३ वर्षीय प्रविन चन्द रहेका छन्। अर्का एक जना भने फरार रहेका प्रहरीले जनाएकाे छ ।

    १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चन्दलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार घटनामा संलग्‍न अर्का एक जना फरार रहेकाले उनको खोजी भइरहेको छ ।



    गत पुस १५ गते घरमै बसिरहेकी ती किशोरीलाई २ जना युवाले सामूहिक बलात्कार गरेर फरार थिए । पीडित परिवारले प्रहरीमा उजूरी दिएपछि चन्द मंगलबार साँझ पक्राउ परेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार