Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विवेकशील साझा पार्टीद्वारा राजनीतिक संवाद समिति गठन

    विवेकशील साझा पार्टीद्वारा राजनीतिक संवाद समिति गठन

    अनलाइन नेपाल
  • बुधबार, २९ पुष २०७७
  • 5.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विवेकशील साझा पार्टीले राजनीतिक संवाद समिति गठन गरेको छ। 

    विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण र वार्ता गर्नका लागि संवाद समिति गठन गरिएकाे विवेकशील साझा पार्टीले जनाएकाे छ।



    मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा देश रूपान्तरणको लक्ष्य हासिल गर्न पार्टीको आकार र सामर्थ्यमा व्यापक वृद्धि गर्नुपर्ने निष्कर्षका साथ राजनीतिक संवाद समिति गठन गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।



    केशब दाहालको संयोजकत्वमा गठन भएको उक्त समितिमा रमेश पौड्याल, समिक्षा बास्कोटा, अनुपमान सैँजु, रञ्जु दर्शना र पुकार बम सदस्य रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार