नेकपा फुटेको छैन : उपप्रधानमन्त्री पोखरेल

नेकपा फुटेको छैन : उपप्रधानमन्त्री पोखरेल

अनलाइन नेपाल
  • मंगलबार, पुष २८ २०७७

  • 950
    SHARES

  • नेकपा फुटेको छैन : उपप्रधानमन्त्री पोखरेल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा नफुटेको बताएका छन् ।

    सर्लाही सदरमुकाम मलङ्गवामा प्रेस सङ्गठन नेपाल सर्लाहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले आफूहरुले वर्तमान राजनीतिक घटनाक्रम जनतालाई बुझाउन अभियान थालेको बताए ।

    उनले तत्कालीन एमाले र माओवादीबीच एकताको शुरुआतको अवस्थाबाटै केही समस्या देखिएको र अहिले सो समस्या सतहीरुपमा मैदानमा देखा परेको हो बताए ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जान प्रतिनिधि सभा विघटन गरेको बताउँदै पार्टी कानूनीरुपमा नफुटेको र निर्वाचन भएरै छाड्ने बताए ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार