Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपेन्द्र यादवले भने- ओलीले असंवैधानिक कदम ढाकछोप गर्न चुनावी 'प्रोपोगण्डा' ल्याए

वीरगन्ज : जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले संसद विघटनाको असंवैधानिक कदम ढाकछोप गर्न प्रम केपी ओलीले चुनावी प्रोपोगण्डा ल्याएको बताएका छन्।

वीरगन्जमा मङगलबार संघीय प्रेस फोरमले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यादवले प्रधानमन्त्री ओलीले तानाशाह बन्ने सपना देखिरहेको आरोप समेत लगाए।

आफ्नो पार्टी र सरकार दुवैमा असक्षम भएपछि हतास मानसिकतामा ओलीले संसद विघटन गरेर तानशाह बन्ने सपना देखिरहेको उनले बताए। ओलीको नियत चुनाव गराउने नभइ सबै निकाय आफनो कब्जामा लिएर तानाशाह बन्ने रहेको यादवको भनाइ थियो । उनले भने, ' यो राजनीतिक संकटमा चुनाव हुनै सक्दैन। यदि जबरजस्ती चुनाव गराइयो भने पनि त्यो चुनावको वैधानिकता र विश्वनीयता नै हुँदैन। पूर्वराजा ज्ञानेन्द्रले गराएको जस्तो चुनावको कुनै अर्थ रहदैन ।'

ओलीले बैशाखमा गर्ने भनेको चुनाव कुनै पनि हालतमा हुनै नसक्ने ठोकुवा उनको छ । उनले अदालतबाट संसद पुर्नस्थापनाको निर्णय सदर भएर बैशाखमा चुनाव भएको खण्डमा उक्त चुनावमा जसपाले भाग लिने वा नलिने भन्ने सञ्चारकर्मीको प्रश्नमा भने खुलेर जवाफ दिएनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077