Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रदेश १ मा कोरोन संक्रमितको संख्या ३० हजार नाघ्यो

    प्रदेश १ मा कोरोन संक्रमितको संख्या ३० हजार नाघ्यो

    अनलाइन नेपाल
  • सोमबार, २७ पुष २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म ३० हजार पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २७५ जनाको पिसिआर परीक्षण गरिएकामा चार महिला र ११ पुरुष गरी १५ जना सङ्क्रमित थपिएसँगै पोजिटिभको सङ्ख्या ३० हजार ११ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    सोही अवधिमा थप हुनेहरुमा मोरङमा चारमध्ये विराटनगरमा दुई, झापामा चार, सुनसरीमा तीन, इलाममा दुई, धनकुटा र तेह्रथुममा एक÷एकजनामा सङ्क्रमण देखिएका छन् । प्रदेशमा सोही अवधिमा ८० जना सङ्क्रमित होम आइसोलेशन र विभिन्न कोभिड अस्पतालबाट निको भएका मन्त्रालयले जनाएको छ ।



    हालसम्म निको हुनेको सङ्ख्यामा २९ हजार ३२७ पुगेको छ । प्रदेशमा अहिलेसम्म दुई लाख १२ हजार २५९ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार