Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पूर्वआइजीपी श्रेष्ठको ‘एक्लै एक्लै सूदुर यात्रामा’ मा कशिस बिवेक र बर्षाको फिचरिङ (भिडियोसहित)

    पूर्वआइजीपी श्रेष्ठको ‘एक्लै एक्लै सूदुर यात्रामा’ मा कशिस बिवेक र बर्षाको फिचरिङ (भिडियोसहित)

    अनलाइन नेपाल
  • सोमबार, २७ पुष २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरीका पूर्वआइजीपी सिंघबहादुर श्रेष्ठको शब्द रहेको ‘एक्लै एक्लै सूदुर यात्रामा’ नामक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गीत संगीतप्रति निकै मोह राख्ने श्रेष्ठ आफै पनि गितार बजाउन निपूर्ण छन् ।

    पूर्वआइजीपी श्रेष्ठले निकै पहिले रचना गरेको उक्त गीतमा गायिका अञ्जली राईले स्वर दिएकी छन् भने कल्याण थापाको संगीत रहेको छ ।



    दरबारमार्गस्थित रहेको किङ्स लाउन्चमा सामान्य कार्यक्रमबीच शुक्रबार सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोमा कशिस दाहाल, बिवेक शाह र बर्षा आरएल राणालाई फिचरिङ गरिएको छ ।



    म्यूजिक भिडियोलाई संजय पाण्डेले निर्देशन र छायाँकन तथा सम्पादन राजेन्द्र पाण्डेले गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार