Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • महाराजगन्ज बृत्तमा ३० तोला सुन काण्ड, डीएसपीमाथि अनुसन्धान

    महाराजगन्ज बृत्तमा ३० तोला सुन काण्ड, डीएसपीमाथि अनुसन्धान

    अनलाइन नेपाल
  • आइतबार, २६ पुष २०७७
  • 5.7K
    SHARES

    काठमाडौं । महाराजगंज बृत्तमा ३० तोला सुन काण्ड घटेको छ। महानगरीय प्रहरी प्रभाग नयाँबसपार्क गोंगबुले ३० तोला सुन काण्डका लुटेरालाई पक्राउ गरेको घटनालाई लिएर अनुसन्धान शुरु भएको छ।

    महानगरिय प्रहरी परिरसर काठमाडौंले सुन काण्डबारे छानविन थालेको छ। स्रोतका अनुसार सुन काण्डमा महानगगरीय प्रहरी बृत्त महाराजगन्जका डीएसपी रोशन खड्काको भूमिका संकास्पद देखिएको छ ।



    काठमाडौं प्रहरी परिसरले आज महानगगरीय प्रहरी बृत्तका डीएसपी रोशन खड्कालाई बोलाएर ३० तोला सुनका बारेमा सोधीखोजी गरेको छ ।



    गएको पुस १० मा सामाखुसीको अल नेपाल अस्पतालअगाडि दोलखाका संयोग कार्की, सुवास तिमिल्सिनासहित ५ जनाले बिक्री गर्न खोजेको ३० तोला बराबरको ६ वटा सुनको ब्रासलेट सुर्खेतका दीपक नेपालीको योजनमा लुटिएको थियो ।

    लुटपाटमा संलग्न नेपालीलाई नयाँ बसपार्कको प्रहरीले पक्राउ गरी सुन समेत बरामद गरेको थियो । लुटपाटमा पक्राउ परेका नेपालीलाई महाराजगन्ज प्रहरीले त्यही राति नै छाडेको रहस्य खुलेको छ ।

    सुन लुटपाटमा संलग्न नेपालीलाई थुनाामा राख्न पीडितले आग्रह गर्दा पनि डीएसपी रोशन खड्काले पीडित कार्कीहरुलाई नै सुनको बिल खै भनेर तर्साएका थिए ।

    सुन लुटेरालाई थुनामा राखी आफ्नो सुन फिर्ता लिन गएका उनीहरुलाई डीएसपी खड्काले उल्टै मुद्दा चलाउने चेतावनी दिएको खुल्नमा आएको छ ।

    लुटपाटका योजनाकार नेपालीलाई पक्राउ गर्ने बसपार्क प्रभागका प्रहरी नायब निरीक्षक (सई) नवराज इटानीलाई भने उल्टै त्यहाँबाट हटाइएको छ।

    यो कुरा काठमाडौं प्रहरी परिसरमा पुगेपछि एसएसपी अशोक सिंहले छानबिन थालेका छन् । सुन गायब पारेको बारेमा काठमाडौं परिसरका प्रमुख एसएसपी अशोक सिंहले भने–‘बरामद सुनका बारेमा हामी अनुसन्धान गर्दैछौं ।’

    बृत्तका डिएसपी खड्काले भने वील नभएको सुनको विषयमा उजुरी परेपनि पीडितलाई विल लिएर आउनु भन्दै छाडिएको बताए । यसमा आफ्नो कुनै कमजोरी नभएको उनको दावी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार