Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बीमा समितिको अध्यक्ष छान्न सरकारलाई हम्मे

    बीमा समितिको अध्यक्ष छान्न सरकारलाई हम्मे

    अनलाइन नेपाल
  • शनिबार, २५ पुष २०७७
  • 4K
    SHARES

    काठमाडौं । विहिबार अर्थात पुस २३ गतेबाट बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँको कार्यकाल सकिएको छ । अध्यक्ष चापागाई विदामा बसेको दुई साता पुग्न लागिसक्दा पनि अर्थ मन्त्रालयले कुनै पहल थालेको देखिएको छैन ।

    बीमा ऐनमा बीमा क्षेत्रको विषयमा विशेष ज्ञान भएको व्यक्ति नियुक्त गर्नुपर्ने उल्लेख भए पनि नेपालमा राजनीतिक भागवण्डाका आधारमा पहुँचवालाले अवसर पाउँदै आएका छन् ।



    संबैधानिक निकायदेखि संस्थानहरुको प्रमुखमा राजनीतिक पहुँचवालाहरुले मात्र अवसर पाएको धेरै उदाहरणहरु हामीमाझ छन् ।



    ४० वटा कम्पनीलाई नियमन गर्ने व्यक्ति बीमा क्षेत्रलाई बुझेको हुनुपर्छ । तर, प्रतिनिधिसभा विघटन गरेर आफैले कामचलाउ सरकार बनाएका केपी शर्मा ओली नेतृत्वको सरकारले कस्तो व्यक्तिलाई वीमा समितिको अध्यक्ष बनाउने हो त्यो भने पर्खाइको विषय बनेको छ ।

    स्रोतका अनुसार समितिका हालका अध्यक्ष चापागाईँ अभैm पनि दोहोर्याउने सोचमा छन् भने चापागाईँसँग ४ वर्षअघि सँगै अध्यक्ष लडेका तथा सरकारको अन्तिम निर्णयबाट बाहिरिएका पोखरा विश्वविद्यालयका प्रध्यापक डा.रविन्द्र घिमिरे पनि अध्यक्ष बन्ने दौडमा छन् ।

    त्यसैगरी नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक तथा चाटर्ड एकाउन्टेन्ट तथा आईक्यानका अध्यक्ष कृष्ण प्रसाद आचार्य तथा कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला, नेपाल पुनर्बीमा कम्पनीका निवर्तमान अध्यक्ष महेश गुरागाईँ, राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेल र चाटर्ड एकाउन्टेन्ट तथा आईक्यानका पूर्व अध्यक्ष टंक पनेरु पनि बीमा समितिको अध्यक्ष बन्ने दौडधूपमा गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार