Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली कमजोर बनेपछि दीपक मनाङेले पनि रङ फेरे

काठमाडौं। कुनै समय आफुलाई केपी शर्मा ओलीको भक्त बताउने पुराना गुण्डा नाइके तथा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजिव गुरूङ (दीपक मनाङे) ले भने अहिले आफू नेकपामा प्रवेश नगरेको वताउन थालेका छन् ।

नेकपा बिभाजनमा रहेको बेला मनाङेले आफूले स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेको हुँदा बहुमतको सरकार बनाउन त्यतिकै हस्ताक्षर मात्र गरेको विषयलाई नेकपामा प्रवेश नै गरेको भन्नु गलत हुने तर्क दिन थालेका छन्।

एक अनलाईनसँगको कुराकानीका क्रममा मनाङेले यतिबेला नेकपा पार्टी फूट्ने कुरा तीब्र गतिमा भइरहेको भन्दै जे हुने हो, त्यो चाँडो हुनुपर्ने वताएका छन् । मनाङेले भने , ‘कि मिल्नुपर्‍यो, कि फूट्नु पर्‍यो । एउटाले साईन गराउँदै हिँडेको छ र अर्कोले केन्द्रीय सदस्य बनाउँदै हिँडेको छ,’ मनाङेले थपे, ‘म कुन चाँहीलाई नेकपा भनौंरु आफैं कन्फ्यूज छु।’

नेकपा भित्रको विवादले आफूहरू जस्ता स्वतन्त्र रुपमा जितेका उम्मेद्वावारलाई फाइदा पुग्ने उनको बुझाई छ।

उनले अब आफूलाई राजनीति गरेर केही नहुने भन्दै आफ्ना सबै व्यापार विजनेश चौपट भइसकेको बताए।

१० मंसीर २०७४ मा भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका मनाङेलाई तत्कालीन एमालेले समर्थन गरेको थियो ।

उनलाई २०७५ असोजमा प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले  पोखरामा सपथ ग्रहण गराएका थिए।

त्यसपछी एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि  कुटपिट गरेको प्रकरणमा मनाङेलाई प्रहरीले पक्राउ गरेको थियो।

'जता शक्ति उता भक्ति' भने झै  ओली पावरमा रहेको बेला कांग्रेसले देश बिगार्यो भन्दै मनाङे नेकपाको कित्तामा उभिएका थिए।

मनाङे शुरुमा कांग्रेस र त्यसपछि राप्रपा हुँदै तत्कालिन एमालेको समर्थनमा मनाङबाट चुनाव लडेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077