Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • जेलभित्रका अपराधीलाई छाड्न ओलीले रचे यस्तो तयारी

    जेलभित्रका अपराधीलाई छाड्न ओलीले रचे यस्तो तयारी

    अनलाइन नेपाल
  • शनिबार, २५ पुष २०७७
  • 3.1K
    SHARES

    काठमाडौं। धेरै कैदी छाड्नकै लागि मन्त्रिपरिषद्ले हालै फौजदारी कसुर (कैद कट्टा) नियमावली नै संशोधन गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले ७ फागुनको प्रजातन्त्र दिवसको अवसर पारेर सरकारले ठूलो संख्यामा कैदीहरूलाई छाड्ने तयारी गरेको छ । स्रोतका अनुसार असल चालचलन नभएकाहरूलाई समेत छाड्न लागिएको छ ।



    कोरोना महामारीको कारण देखाएर धेरैलाई छाड्न लागिएको हो । केही गम्भीर प्रकृतिका मुद्दाबाहेकमा ५० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएमा बाँकी कैद मिनाहा गर्न सकिने प्रावधान छ ।



    अहिले सर्वोच्च अदालतका फैसलालगायतको आधारमा कैद मिनाहामा केही लचकता अपनाउन लागिएको कारागार व्यवस्थापन विभागका महानिर्देशक पोखरेलले बताए । कस्ता कैदीलाई असल चालचलन भएको भन्ने प्रस्ट प्रावधान छैन ।

    जसकारण यसको दुरुपयोग हुँदै आएको छ । असल चालचलनका आधारमा कैद छुट पाएर छुटेकाहरू पछि फेरि अपराधमा संलग्न भएका धेरै घटना रहेको प्रहरी अधिकारी बताउँछन् ।

    हाल देशभरिका जेलमा करिब १५ हजार कैदी–बन्दी छन् । दशैँ, संविधान दिवस, प्रजातन्त्र दिवस, गणतन्त्र दिवसजस्ता अवसर पारेर कैदीहरूलाई कैद छुट दिने गरिएको छ ।नयाँ पत्रीका

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार