Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कपिल शर्मालाई मुम्बई प्रहरीले बोलाउनुको कारण यस्तो छ

    कपिल शर्मालाई मुम्बई प्रहरीले बोलाउनुको कारण यस्तो छ

    अनलाइन नेपाल
  • शुक्रबार, २४ पुष २०७७
  • 2.4K
    SHARES

    एजेन्सी । बलिउड अभिनेता तथा ’द कपिल शर्मा शो’ का सञ्चालन कपिल शर्मालाई मुम्बई प्रहरीले सोधपुछका लागि बोलाएको छ । भारतको क्रिमिनल इन्टेलिजेन्स यूनिटले कपिललाई सोधपुछ गर्न बोलाएको हो ।

    नक्कली दर्ता भएका कारको जफतका क्रममा कमेडियन कपिल शर्मासमेत मुछिएपछि क्रिमिनल इन्टेलिजेन्स यूनिटले उनलाई सोधपुछका लागि बोलाएको बताएको छ ।



    कार डिजाइनर दिलीप छाबडीयाका विरुद्ध परेको ठगी मुद्दामा क्रममा कपिल शर्माले समेत उनीविरुद्ध मुद्दा दर्ता गराएका छन् । जसमा कपिललाई बयानका क्रममा बोलाएको हो ।



    यस घटनाबारे अहिलेसम्म कपिलले कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । उनी आफ्नो पपुलारीटीमा आँच नआवोस् भनेर यस बिषयमा नबोलेको भारतीय मिडियाले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार