Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभा बैठक शुक्रबार पनि बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभासमक्ष पेश हुने कार्यसूची रहेकाे संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिए।

उक्त प्रतिवेदन दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले पेश गर्नेछिन् । राष्ट्रिय सभा बैठक बिहीबार पनि बसेको थियो ।

उक्त बैठकले सांसद वामदेव गौतमलाई दिगो विकास तथा सुशासन समितिमा चयन गरेको थियो। बैठकमा प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयतामाथि खेलवाड गरेको भन्दै सांसदहरुले कडा विरोध गरेका थिए ।

यही पुष ५ गतेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि यसको चारैतिर कडा विरोध भइरहेको छ। संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी रिट दर्ता भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077