Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दिउँसै लुटपाटको धन्दामा युवतीको गिरोह सक्रिय, चार जना पक्राउ

    दिउँसै लुटपाटको धन्दामा युवतीको गिरोह सक्रिय, चार जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २४ पुष २०७७
  • 3.9K
    SHARES

    काठमाडौं ।  ललितपुर प्रहरीले दिउँसै लुटपाट गर्ने गिरोहका चार जनालाई पक्राउ परेको छ ।

    पक्राउ पर्नेमा उदयपुर घर भै हाल ललितपुरको च्यासल बस्ने २६ वर्षीय भरत मगर, ताप्लेजुङको घर भइ ललितपुरको लगनखेल बस्ने २८ वर्षीया निर्मला राई, ललितपुरको भारदेब–२ घर भई हाल लगनखेल बस्ने २० वर्षीया सुस्मिता डिम्डो र ललितपुरको चापागाउँ बस्ने २९ वर्षीया लबिन लामा बल तामाङ रहेका छन् ।



    गत  पुस १३ गते दिउँसो  धनकुमारी ठकुरीको कोठामा अपरिचित व्यक्ति प्रवेश गरी सी माला २ थान, पहेँलो पत्थर १ थान, पहेँलो टल्किने धातु १ थान र पुराना सिक्काहरु १४ थान लुटेको उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।



    प्रहरीले लुटिएका सामानसहित चार जनालाई बिहीबार साँझ  च्यासलबाट पक्राउ गरेको जनाएको छ ।

    प्रहरीको अनुसन्धानका क्रममा उनीहरुले लुटपाट गर्दै आएको स्वीकारेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार