Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ‘अराजक’ ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन तुरुन्तै माग

    ‘अराजक’ ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन तुरुन्तै माग

    अनलाइन नेपाल
  • शुक्रबार, २४ पुष २०७७
  • 2.4K
    SHARES

    एजेन्सी। अमेरिकी कङ्ग्रेसको दुवै सदनका विपक्षीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन आग्रह गरेका छन्।

    अमेरिकी संसद् भवनलाई ट्रम्पका समर्थकहरूले हिंसात्मक तवरले बुधवार कब्जा गरेपछि विपक्षीहरूले यस्तो आह्वान गरेका हुन्।



    डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउनुपर्ने बताए।



    सभामुख न्यान्सी पेलोसीले यदि उनलाई नहटाइए उनीमाथि महाअभियोग लगाउन सकिने बताएकी छन्। ट्रम्पलाई राष्ट्रपतिबाट हटाउनका लागि रिपब्लिकनहरूको समर्थन आवश्यक हुन्छ।

    हालसम्म केही रिपब्लिकनले मात्र उनलाई हटाउनुपर्ने कुरामा साथ दिएका छन्। उक्त झडपमा परेर चार जनाको निधन भएको छ भने हालसम्म ६८ जना पक्राउ परेका छन्।
    प्रहरीको कारबाही व्यापक छानबिनको दायरामा आएको छ।

    प्रहरी अधिकारीहरूले दङ्गा भड्काउनेहरूलाई नियन्त्रण गर्न नसकेकोमा व्यापक आलोचना खेपिरहेका छन्।

    हाउस अफ रेप्रिजेन्टेटिभ्सको सुरक्षामा जिम्मेवार सुरक्षा प्रमुखले राजीनामा दिएका छन्।

    सुमरले सिनेटका सुरक्षा प्रमुखलाई पनि हटाउनुपर्ने बताएका छन्।

    राष्ट्रपति निर्वाचित जो बाइडनले भनेका छन्, ‘यदि ब्ल्याक लाइभ्स म्याटरका प्रदर्शनकारी थिए भने क्यापिटलमा हिजो हुलदङ्गा गर्नेहरूलाई भन्दा अलग व्यवहार गरिदैँन थियो भनेर मलाई कसैले भन्नसक्ने छैनन्।’

    यूएस क्यापिटल प्रहरीका प्रमुखले चाहिँ आफ्ना अधिकारीहरूले अपराधिक र दङ्गायुक्त व्यवहारको सामाना गरेको र अधिकारीहरूको कार्य नायकले गर्नेजस्तै भएको बताए।

    बुधवार अमेरिकी संसद् भवनमा हमला भएपछि फेसबुक र ट्विटरले ट्रम्पलाई निश्चित समय केही पनि लेख्न नमिल्ने गरि प्रतिबन्ध लगाइदिएका थिए।

    अर अब फेसबुकले अनिश्चितकालका लागि ट्रम्पलाई प्रतिबन्ध लगाइदिएको छ।

    फेसबुकका प्रमुख मार्क जकरबर्गले एउटा वक्तव्य निकालेर त्यसको जानकारी दिएका हुन्।

    उनले ट्रम्पले संसद् भवनमा भएको हमलाको निन्दा गर्नुको साटो समर्थकहरूको प्रशंसा गरेकाले उनको पोस्ट हटाउनु परेको उल्लेख गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार