Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभाको विशेष समय लिएर सम्बोधन गर्दै वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दैछ । आजको बैठकमा सुरुमै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० उपाध्यक्ष एव राष्ट्रिय सभा सदस्य वामदेव गौतमले विशेष समयमा आफ्नो धारणा राख्ने भएका छन्।

नेकपा विभाजनपछि कुनै पक्षतर्फ पनि नखुलेका गौतमले प्रतिनिधि सभा विघटनबारे केहि प्रतिक्रिया दिएको भए पनि आफ्नो विस्तृत धारणा सार्वजनिक गरेका छैनन्। आजको बैठकमा नेकपा नेता गौतमले राख्ने धारणा अर्थपूर्ण मानिनेछ।

यसअघि बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा बोल्ने सांसदहरुले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनी त्यसको चर्को विरोध गरेका थिए।

त्यसैगरी, आजको बैठकमा नेकपाकै खिमलाल भट्टराई, गंगाकुमारा बेलबासे, राम लखन चमार र शेर बहादुर कुँवर, नेपाली कांग्रेसका रमेशजंग रायमाझी, प्रकाश पन्थ र अनिता देवकोटा, जनता समाजवादी पार्टी नेपालका शेखर कुमार सिंह र मृगेन्द्रकुमार सिंह र मनोनित सांसदहरु रामनारायण विडारी र डा। विमला राई पौड्याल बोल्ने तय भएको संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077