Online Nepal
  • बुधबार, १० पुष २०८१
  • किन बाबुरामको पिछलग्गु बन्दैछन् पौडेल ? अझै राष्ट्रपतिको लोभ !

    किन बाबुरामको पिछलग्गु बन्दैछन् पौडेल ? अझै राष्ट्रपतिको लोभ !

    अनलाइन नेपाल
  • बिहिबार, २३ पुष २०७७
  • 3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूलाई सत्तामा टिकाइराख्न विभिन्न हत्कण्डा अपनाइरहेका छन् । उनले आफ्नै पार्टीले पाएको झण्डै दुईतिहाइको बहुमतलाई समेत विश्वास गरेनन् ।

    ओलीले संसद विघटन गरेर दुईतिहाइको बहुमत तहस–नहस बनाएका छन् । ओलीले संसद विघटन गरेर वैशाखमा मध्यावधी निर्वाचन गर्ने जनाएका छन् । तर, ओलीले वैशाखमा कुनैपनि हालतमा निर्वाचन नगर्ने उनकै निकटका नेताहरूले बताएका छन् ।



    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासमा लिएर संसद विघटन गरेर वैशाखमा निर्वाचनको तयारी गरेका ओलीले निर्वाचनका लागि आवश्यक पर्ने कुनै पनि काम गरेका छैनन् ।



    ओली निकटका एकजना केन्द्रीय सदस्यले भने, ‘वैशाखमा निर्वाचन हुँदैन । निर्वाचन भइहाल्यो भने आगामी मंसिर–पुस महिनातिर होला ।’
    ओलीले संसद विघटन गरेर आफू अनुकूलको निर्णय गर्नका लागि विभिन्न तयारीहरू गरिरहेका छन् । ओलीले संकट लगाउने विषयमा पनि निकटा नेताहरूसँग परामर्श गरेको स्रोतले जनाएको छ । ओलीले तीन वर्ष सरकार चलाएका छन् । बाँकी रहेको दुई वर्ष पनि यस्तै खालका हत्कण्डाहरू गरेर सरकार चलाउने पक्षमा ओली देखिएका छन् । ओलीका लागि दुई वर्ष यसै गरी सरकार चलाउने फण्डा सजिलो छैन ।

    नेपाली कांग्रेसले ओली सरकारप्रति नरम भाव देखाएपनि १९ गतेको केन्द्रीय कार्यसमितिबाट स्थानीय तह केन्द्रित आन्दोलनको घोषणा भएपछि समयले केही कोल्टे फेरेको छ । देउवाले ओलीलाई साथ दिएको जस्तो देखिए पनि निर्वाचन गराउन दवाव सिर्जना भने हुनेछ । कांग्रेसले ओलीलाई साथ दिए पनि निर्वाचनमा छुट नदिने संकेत गरेको छ । ओलीले बाँकी दुई वर्ष पनि अस्थिरता मच्चाएर सरकार चलाउने योजना बनाएका छन् ।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको लोभदेखाएर उचालेका छन् । पौडेललाई उचालेर प्रचण्ड–माधव समूहले कांग्रेसलाई फुटाउनेसम्मको योजना बनाएको चर्चा हुन थालेको छ । मंगलबार डा.बाबुराम भट्टराईले आयोजना गरेको अन्तरक्रियामा पुगेर पौडेलले पार्टीको नीति र निर्णयविरुद्ध अभिव्यक्ति दिएका छन् ।

    कांग्रेस नेता पौडेलले कसको उक्साहटमा पार्टीको निर्णयविरुद्धको हर्कत गरेका हुन् ? भनेर प्रश्न उठेको छ ।

    देउवाले ओली, प्रचण्ड, माधव र वरिष्ठ नेता पौडेलको गतिविधिलाई नजिकबाट नियाली रहेका छन् । उनीहरूले कांग्रेसलाई ठूलो क्षति पु-याउन सक्ने सम्बन्धमा देउवा सचेत छन् । कांग्रेसलाई नोक्सानी हुनबाट बचाउन देउवाले आन्दोलन घोषणा गरेका हुन्,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार