Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घनश्याम भुसाल भन्छन् - सत्ताको आडमा सांसद किनबेचको चलखेल भयो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको आडमा सांसद किनबेचको चलखेल गरिरहेको आरोप लगाएका छन्।

प्रेस संगठन नेपाल रुपन्देहीले बिहीबार तिलोत्तमामा गरेको अन्तरक्रिया कार्यक्रममा नेता भुसालले सत्ताको आडमा सांसद किनबेचको चलखेल भइरहेको आरोप लगाए ।

नेता भुसालले ओली पक्षले सत्ताको आडमा विभिन्न प्रलोभन देखाएर सांसद किनबेच गरिरहेको आरोप दोहोर्‍याए । संसद पुनःस्थापना नभए मुलुक अस्थिरता र अराजकताको दुस्चक्रमा फस्ने भन्दै उनले संसद पुनःस्थापनाको विकल्प नभएको बताए।

नेता भुसालले लोकतन्त्र, पार्टी  र जनतासँग गरेको सम्झौता विपरीत संसद विघटन गर्ने प्रधानमन्त्री ओली सजायको भागीदार रहेको समेत बताए। उनले संसद पुनःस्थापना गरेर ओलीलाई सजाय दिन सकिने बताए।

नेता भुसालले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले समेत ढिलासुस्ती गरेको भन्दै चिन्ता व्यक्त गरे। प्रतिनिधि सभा विघटनको मुद्दा प्रथम दृष्टिमै असंवैधानिक रहेको भन्दै उनले महत्वपूर्ण मुद्दामा सर्वोच्चले देखाएको ढिलासुस्तीले न्यायालयमाथि नै प्रश्न उठेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077