Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कैँची प्रहारबाट युवकको हत्या, भारतीय नागरिक पक्राउ

काठमाडौं । भारत मोतीहारी घर भएका २५ वर्षीय कलाम मियाँको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत मोतीहारी घर भएका २५ वर्षीय सुवोध शर्मा रहेका छन् । उनलाई बुधबार विहान प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका-१६ बाइपास ओरालोस्थित सडकमा सुवोधले मंगलबार राति कैँची प्रहार गर्दा गम्भीर घाइते भएका कलामको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो।

प्रहरीका अनुसार उनीहरू दुवै जना सिलाइ कटाइको काम गर्नेगरेका थिए । घट्नाको प्रारम्भिक अवस्था हेर्दा उनीहरुबीच पहिलादेखि नै सम्बन्ध राम्रो नरहेकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । मंगलबार राति आपसी विवाद हुँदा सुवोधले कलाममाथि कैँची प्रहार गरेका थिए ।

कैँची प्रहार गरी फरार रहेका सुवोधलाई काठमाडौं फर्पिङस्थित चेकपोष्टमा ना १ ज ७५६२ नम्बरको सुमो गाडीमा प्रहरीले फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077