Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बम विष्फोट मुद्दामा संलग्न फरार अभियुक्त पक्राउ

    बम विष्फोट मुद्दामा संलग्न फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २२ पुष २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । उदयपुरमा बम विष्फोट मुद्दामा संलग्न रही फरार रहेका अभियुक्त पक्राउ परेका छन् ।

    बम बिष्फोट मुद्दामा संलग्न रही फरार रहेका बेलका नगरपालिका-२ बस्ने ३३ वर्षीय अमृत भन्ने देब बहादुर बिष्टलाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो ।



    त्रियुगा नगरपालिका-१४ धापलाङस्थित क्रसर उद्योगमा गत मंसिर २९ गते राति विष्फोट गराएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई रामपुर क्षेत्रमा फेला पारी पक्राउ गरेको हो ।



    साथै सोही घटनामा संलग्न पवन राईलाई समेत यस अघि पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार