Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विमान चढेर भाग्न लागेकी पूर्व मिस इङल्याण्ड जारा विमानस्थलबाट पक्राउ

    विमान चढेर भाग्न लागेकी पूर्व मिस इङल्याण्ड जारा विमानस्थलबाट पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २१ पुष २०७७
  • 3K
    SHARES

    काठमाडौं । कोरोनाभाइरस सम्बन्धी नियम ताेडेकाे आराेपमा पूर्व मिस इङल्याण्ड जारा हल्याण्ड पक्राउ परेकी छिन् ।

    डेलीमेलको समाचारअनुसार जारा आफू कोरोनाभाइरस संक्रमित भएको पुष्टि भइसकेपछि पनि आफ्ना ब्वाइफ्रेण्डको साथमा विमान चढेर बारबाडोसबाट भाग्ने प्रयासमा थिइन् ।



    २५ वर्षकी जारा र उनका ३० वर्षका ब्वाइफ्रेण्ड एलियट लभलाई ग्रयान्टली इन्टरनेशनल एयरपोर्टबाट पक्राउ गरिएको हो ।



    विमान चढेर भाग्न लागेकी जारामाथि कोरोनाभाइरस सम्बन्धी नियम तोडेको आरोपमा मुद्दा समेत चलाइएको छ ।

    जारामाथि यो अपराधको लागि १८ हजार पाउण्ड जरिवाना लगाइन सक्छ । साथमा उनलाई एक वर्षको जेल सजाय पनि हुन सक्छ ।

    जारालाई बुधबार अदालतमा पेश गरिँदैछ । रिपोर्टअनुसार यो जोडी गत हप्ता मात्र भर्जिन एटलान्टिक एयरलाइन्सको उडानबाट बारबाडोस गएका थिए ।

    उनीहरुलाई क्राइस्ट चर्च होटलमा क्वारेन्टाइनमा राखिएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार