Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गंगामायाको जीवनरक्षा गर्न मानवअधिकार आयोगद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले अनशनरत गंगामाया अधिकारीको जीवनरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै अधिकारीको स्वास्थ्य अवस्था दिनानुदिन कमजोर बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकाे हाे ।

न्यायको हक सुनिश्चित गर्दै जीवनरक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

छोरा कृष्णप्रसादको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग राखी गंगामाया वीर अस्पताल ट्रमा सेन्टरमा आमरण अनशनमा छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077