Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • निर्वाचन सुरक्षा समिति गठन

    निर्वाचन सुरक्षा समिति गठन

    अनलाइन नेपाल
  • सोमबार, २० पुष २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । सरकारले प्रतिनिधिसभा निर्वाचन सुरक्षा तथा तयारी समिति गठन गरेको छ । गृहमन्त्रालयले मन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख चक्रबहादुर बुढाको संयोजकत्वमा निर्वाचन आयोग, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सम्मिलित समिति गठन गरेको हो ।

    समितिको सदस्य सचिवमा गृह मन्त्रालयकै शान्तिसुरक्षा तथा अपराध नियन्त्रण शाखाका प्रमुखलाई तोकिएको छ । समितिलाई सुरक्षा संवेदनशीलताका आधारमा जिल्लागत विवरण, मतदानस्थल र मतदान केन्द्र, निर्वाचनविरोधी गतिविधिको समीक्षा र सुझाव, निर्वाचनमा सुरक्षा निकायको जिम्मेवारी र भूमिका, सवारी, अन्य प्राविधिक उपकरणलगायत अनुमानित लागत विवरण तयार पार्ने जिम्मेवारी दिइएको छ ।



    पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी २०७८ वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गर्नुभएको थियो । विघटन असंवैधानिक भन्दै सत्तारूढ नेकपाकै पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष सहित प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टीबाट विरोध भइरहेको छ ।



    विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर करिब एक दर्जन रिट संवैधानिक इजलासमा विचाराधीन छन । मुद्दा विचाराधीन र सडकमा विरोध भइरहेकै बेला सरकारले निर्वाचन तयारीका लागि सुरक्षा रणनीति बनाउन समिति गठन गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार