Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डिआईजीमा बढुवाको तयारी, बालुवाटारमा बन्यो सूची

काठमाडौं। नेपाल प्रहरीमा  रिक्त नौ डिआईजी पदको  बढुवाको लागि गृहकार्य शुरु भएको छ ।

जसका लागि गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बढुवा समितिको बैठक बसेको छ ।

आईजीपी शैलेश थापा क्षत्री र एआईजी बिश्वराज पोखरेलको ब्याचबाट गरी ९ एसएसपीलाई डिआईजीमा बढुवा गर्न लागिएको हो।

जसमा २४ जना एसएसपी प्रतिस्पर्धामा छन् । आईजीपी क्षत्री को ब्याचबाट ९ जना र बैकल्पिक टोली तथा एआईजी पोखरेलको ब्याचबाट १५ जना प्रतिस्पर्धामा छन् ।

आईजीपी क्षत्रीको ब्याचबाट ४ जना र एआईजी पोखरेलको ब्याचबाट ५ जना बढुवा सूचीमा अटाउउने संभावना छ ।

आईजीपी क्षत्रीको ब्याचबाट पुरुषोत्तम कँडेल, गणेश एैर, देबबहादुर बोहोरा र रामकृपाल शाह तथा एआईजी पोखरेलको ब्याचबाट दिवेश लोहनी, पूजा सिंह, मुकुन्द आर्चाय, सुशील यादब र प्रकाश अधिकारी बढुवा सूचीमा अटाएका छन् ।

। आजै बढुवाका लागि सिफारिस हुने बताइएको छ।

स्रोतका अनुसार बालुवाटारबाट गृह मन्त्रालयमा बढुवाको सूची पुगेको हुँदा यो पटक पनि कार्यक्षमता र दक्षता भन्दा पनि बढी चलखेल गर्ने पावरवालाहरु बढुवामा पर्न्ने संभावना छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077