Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • संखुवासभामा फेरि प्रहरी र चन्द समूहका कार्यकर्ताबीच गोली हानाहान

    संखुवासभामा फेरि प्रहरी र चन्द समूहका कार्यकर्ताबीच गोली हानाहान

    अनलाइन नेपाल
  • आइतबार, १२ पुष २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    संखुवासभा । संखुवासभामा नेत्रविक्रम चन्द समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । चैनपुर ४ मैदानेमा चन्द समूहका कार्यकर्ता र प्रहरीबीच आइतबार गोली हानाहान भएको हाे । 

    दिउँसो ३ बजेदेखि चन्द समूहका कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए। अहिलेसम्म कुनै क्षतिको विवरण आएको छैन ।



    चन्द समूह कार्यकर्ताले ६ राउन्ड गोली चलाएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । प्रजिअ आचार्यका अनुसार भिडन्तपछि उनीहरु जंगलतिर भागेका छन् । ती कार्यकर्ताको साथबाट प्रहरीले विस्फोटक सामग्री बरामद गरेको छ । 



    जिल्ला ईन्चार्ज उत्तरकुमार भनिने युवराज राईसमेत ३ जना मैदानेमा लुकेर बसेको अवस्थामा गस्तीमा रहेको प्रहरीलाई आक्रमण भएपछि प्रहरीले गोली चलाएको थियो ।

    उनीहरुको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । यसअघि पनि मैदानेमा २ पटक सुरक्षाकर्मी र चन्द समूहबीच भिडन्त भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार