कक्षा १२ को दोस्रो परीक्षा पुस १६ गतेबाट

कक्षा १२ को दोस्रो परीक्षा पुस १६ गतेबाट

अनलाइन नेपाल
  • शनिबार, पुष ११ २०७७

  • 3K
    SHARES

  • कक्षा १२ को दोस्रो परीक्षा पुस १६ गतेबाट

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएर परीक्षा दिन नसकेका कक्षा १२ का विद्यार्थीहरुले पाँच दिनपछि परीक्षा दिन पाउने भएका छन् ।

    राष्ट्रिय परीक्षा बोर्डले परीक्षाबाट बन्चित भएका विद्यार्थीहरूका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ ।

    बोर्डले १६ पुसदेखि २३ पुससम्म परीक्षा सञ्चालन गरिने जानकारी गराएको छ ।

    बोर्डका अनुसार सम्बन्धित विद्यालयमै विहान १० बजेदेखि साढे ११ बजेसम्म परीक्षा सञ्चालन हुने छ।

    यसअघि कक्षा १२ को परीक्षा मंसीर ९ गतेखेखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

     

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार