Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रदेश १ मा थपिए ५० कोरोना संक्रमित

    प्रदेश १ मा थपिए ५० कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 2.5K
    SHARES

    विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५१५ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

    निको हुनेमा होम आइसोलेशनबाट ५०१, मेची अस्पतालबाट पाँच, कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्र विराटनगरबाट चार, विराट मेडिकल कलेज बुढीगङ्गा मोरङबाट तीन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र न्यूरो अस्पताल विराटनगरबाट एक-एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



    हालसम्म निको हुनेको सङ्ख्या २६ हजार २९६ पुगेको छ । सोही अवधिमा प्रदेशमा ३९० जनाको पीसीआर परीक्षण गरिएकामा २१ महिला र २९ पुरुष गरी ५० सङ्क्रमित थपिएका छन् ।



    प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार ५७४ पुगेको छ । हालसम्म २ लाख ६ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएकोछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार