Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद् विघटनविरुद्ध जसपाले देशभर विरोध प्रदर्शन गर्ने

काठमाडाैं । जनता समाजवादी पार्टी(जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको कमदविरुद्ध विरोध प्रदर्शन गर्ने भएकाे छ ।

जसपाका नेता डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

डा. भट्टराईले सार्वजनिक गरेकाे तालिका अनुसार पुस ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय जसपाले गरेको छ।

उनले लेखेका छन्, ‘जनता समाजवादी पार्टीले ओलीको संसद् विघटन गर्ने असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी हर्कतका विरुद्ध पुस ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न पुस ७ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077