Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्ड-नेपाल समूहकाे खुमलटारमा छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनको सिफारिस गरेपछि पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका नेताहरु छलफलमा जुटेका छन् । प्रचण्ड निवास खुमलटारमा छलफल सुरु भएको छ।

बैठकमा प्रचण्ड, नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेताहरु सहभागी छन् । संसद बिघटन भएमा कसरी अघि बढ्ने भन्नेमा उनीहरु छलफलमा जुटेका छन् ।

स्रोतका अनुसार राष्ट्रपतिबाट बिघटनको घोषणा भएमा प्रचण्ड र नेपालले आफु निकट मन्त्रीहरुलाई राजिनामा गराउने तयारीमा छन् । संसद बिघटन गरेर ओलीले बैशाखमा मध्यावधि निर्वाचन घोषणाको तयारी गरेका छन् ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो। उनीहरु प्रधानमन्त्री ओलीको सोही कदमको विषयमा छलफल गर्न भेला भएका हुन्। मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री ओली, सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077