Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वामदेव गौतमले भने-ओलीको संसद् विघटनको प्रस्तावमा मेरो विरोध वा समर्थन केही छैन

काठमाडौँ । सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमले संसद् विघटनको सरकारको कदममा आफ्नो विरोध वा समर्थन केही नभएको बताएका छन् ।

नेता गौतमले समाजिक सञ्जाल मार्फत भनेका छन्, ‘संसद् विघटनको सरकारको यो कदममा न मेरो समर्थन छ, न मेरो विरोध छ । नो कमेन्ट ।’

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका छन् । प्रधानमन्त्री ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान आकस्मिक रूपमा बालाएकाे मन्त्रिपरिषद् बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने निर्णय गरेकाे थियाे ।

सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077