Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीपछि जसपाका नेताहरुको पनि सक्रियता बढ्यो, पुगे देउवा निवास

काठमाडौं । पार्टीभित्रैबाट घेराबन्दीमा परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाटलाई तिब्र बनाएका बेला जनता समाजवादी पार्टीका शीर्ष नेताहरु पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् ।

सभापति देउवालाई भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर र नेताहरु डा. बाबुराम भट्टराई र राजेन्द्र महतो बूढानीलकण्ठ पुगेका हुन् ।

भेटमा अध्यादेश लगगायतका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि आजै प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितका मन्त्रीहरुसँग भेटघाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077