Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले ड्युटीमा खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका-२ बस्ने ४१ वर्षीय पूर्णबहादुर सिंह र पाल्पा निस्दी गाउँपालिका-१ बस्ने ४२ वर्षीय मीनबहादुर आले रहेका प्रअहरीले जनाएकाे छ।

उनीहरूले गुल्मीको रेसुङ्‌गा नगरपालिका १२, भगेरीस्थित ड्युटीमा खटिएका प्रहरीलाई दुर्व्यवहार गरेकाे प्रहरीकाे दावी छ ।

प्रहरीले जाँच तथा पैदलयात्रीलाई सोधपुछ गर्ने क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077