Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठकमा राष्ट्रपतिको भुमिकाबारे छलफल हुने

काठमाडाैं । नेपाली कांग्रेसले संसदीय दलको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको भुमिकाबारे छलफल गर्ने भएको छ । कांग्रसेको शुक्रबार बस्ने संसदीय दलको बैठकमा संवैधानिक परिषद्बारेको अध्यादेश जारी गर्ने विषयमा राष्ट्रपति भण्डारीले खेलेको भुमिकाबारे गम्भीर छलफल गर्ने भएको हो ।

राष्ट्रपति भण्डारीले दलको नेता जसरी भुमिका खेलेकाले उनले हालका पछिल्ला राजनीतिक विषयमा खेलेको भुमिकाबारे संसदीय दलको बैठकमा छलफल हुने कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

प्रमुख सचेतक खाँडका अनुसार अहिले जारी भएको अध्यादेशपछिको अवस्था, संसदको हिउँदे अधिवेशन बोलाउने विषय लगायतका विषयमा छलफल हुनेछ । बैठक शुक्रबार विहान ११ बजे सिंहदरबारस्थिति संसदीय दलको कार्यालयमा बस्न गरि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077