Online Nepal
  • बुधबार, १० पुष २०८१
  • यसकारण संवैधानिक परिषद् बैठकमा उपस्थित भएनन् सभामुख सापकाेटा

    यसकारण संवैधानिक परिषद् बैठकमा उपस्थित भएनन् सभामुख सापकाेटा

    अनलाइन नेपाल
  • मंगलबार, ३० मंसिर २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक परिषदको बैठककाे विषयमा पर्याप्त गृहकार्य र परामर्श नभएका कारण बैठकमा अनुपस्थित भएको उनको सचिवालयले बताएको छ ।

    सभामुखको निजी सचिवालयले भने पर्याप्त गृहकार्य र परामर्श नभएकाले बैठकमा नगएको स्पष्टिकरण दिएको छ ।



    सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेद्वारा जारी वक्तव्यमा भनिएको छ, जहाँसम्म आज (मंसिर ३० गते) को संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सम्माननीय सभामुखज्यूले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनु भएको थियो ।’



    राज्य सञ्चालनमा दीर्घकालनीन एवं दूरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने सभामुखको मान्यता रहेको उनले बताए ।

    ‘राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधि सभाको विपक्षी दलको नेता समेत सहभागी रहने संवैधानिक परिषदको बैठकले लिने निर्णयले दूरगामी महत्व राख्छ भन्ने विषयलाई सम्माननीय सभामुखज्यूले गहिरोसँग आत्मसात गर्नुभएको छ’ वक्तव्यमा भनिएको छ ।

    प्रधानमन्त्री एवं परिषदका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको बैठकमा सापकोटा अनुपस्थित भएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एउटा गुटको सल्लाहमा संवैधानिक परिषद्को बैठकमा अनुपस्थित भएको भन्दै सभामुखको आलोचना भएको छ । सरकारले भने अध्यक्षसहित बहुमत सदस्यको उपस्थितमै बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार