Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यादेशकाे तरंग : प्रचण्ड–नेपाल पक्षको खुमलटारमा छलफल जारी

काठमाडाैं । संवैधानिक परिषदसम्बन्धी नयाँ अध्यादेश जारी भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रैबाट विरोध सुरु भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरुले अध्यादेशको विरोध गरेका छन् ।

अध्यादेशबारे छलफल गर्न प्रचण्ड–नेपाल पक्षका नेताहरु अहिले प्रचण्ड निवास खुमलटारमा भेला भएका छन् ।

खुमलटार स्रोतका अनुसार वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेताले सरकारको कदमबारे छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077