Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • कसैलाई भ्रम नहोस्, राजा आउने छैन: देउवा

    कसैलाई भ्रम नहोस्, राजा आउने छैन: देउवा

    अनलाइन नेपाल
  • सोमबार, २९ मंसिर २०७७
  • 3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको बताएका छन् ।

    सरकारविरुद्ध हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको बताए । उनले भने, ‘कसैलाई भ्रम नहोस्, राजा आउने छैन ।’



    प्रजातन्त्रको खिलाप जानुहुन्न भन्दा तत्कालिन राजाले आफूलाई थुनेको स्मरण गर्दै उनले राजाले प्रजातन्त्रलाई नसहेका कारण आफूहरु गणतन्त्रको पक्षमा उभिएको बताए ।



    उनले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको भन्दै सरकारको चर्को आलोचना गरे । तत्कालीन एमाले र माओवादीबीच एकता भएपछि आफूले कम्युनिस्टहरुले चुनाव जिते भने हाँस्न र रुन पनि पाउने छैन भनेको स्मरण गर्दै उनले भने, आज कोही रोयो भने किन रोइस् भनेर जेल हाल्न बेर छैन ।’ पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन सुरु गरेको छ।

    कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्दा सरकारसँग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शून्यता के हुन सक्छ ?’ कांग्रेसले सोमबारको प्रदर्शनपछि सरकारविरुद्ध काठमाडौंकेन्द्रित आन्दोलन गर्ने तयारी गरेको छ। देशव्यापी विरोध प्रदर्शनको तयारीबारे छलफल गर्न मंसिर २५ गते बसेको पूर्व र वर्तमान पदाधिकारीको बैठकले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार