Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

देउवाले भने- अब सरकारविरूद्ध सडकदेखि संसदसम्म चर्को दबाब सृजना गर्छौ

काठमाडाैँ । प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब सरकारविरूद्ध सडकदेखि संसदसम्म तीब्र दबाब दिने बताएका छन् ।

‘कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ, भोलिको प्रदर्शन सांकेतिक मात्रै हो ।’, आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्।

प्रतिपक्षी भूमिकामा भएपनि सडकदेखि सदनसम्म कांग्रेस सत्ता साझेदारझैँ देखिएको भन्दै पार्टीभित्रैबाट सभापति देउवाको विरोध हुदै आएको छ ।

प्रतिपक्षीको थलो भनिएको संसद पाँच महिनादेखि बन्द जनताको पक्षमा आफ्नो आवाज बोल्न नसकेको कांग्रेसले सरकारका गलत गतिविधिका विरुद्ध सोमबार ७७ वटै जिल्लामा सडक प्रदर्शन गर्दैछ ।


 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077