Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • आक्रमण गर्ने समूह मलेसियाबाट परिचालित !

    ‘रअ’ को खुलासा – भारतमा हमलाका लागि आतंकवादीहरु नेपालको सीमाबाट प्रवेश गर्दैछन्

    ‘रअ’ को खुलासा – भारतमा हमलाका लागि आतंकवादीहरु नेपालको सीमाबाट प्रवेश गर्दैछन्

    अनलाइन नेपाल
  • आइतबार, २८ मंसिर २०७७
  • 4.3K
    SHARES

    एजेन्सी। भारतीय गुप्तचर एजेन्सी ‘रअ’ ले मलेसियाबाट आतंकवादीले आक्रमणका लागि  आर्थिक कारोबार गरेको एक रिपोर्टमा उल्लेख गरेको छ।

    भारतीय संचारमाध्यमका अनुसार भारतमा आक्रमणको लागि दुई लाख डलर मलेसियाबाट पठाइएको थियो।



    अनुसन्धानका अनुसार यो आर्थिक लेनदेन क्वालालाम्पुरका रोहिंग्या नेता मोहम्मद नासिर र आतंकवादी समर्थक जाकिर नाईकसँग सम्बन्धित छ।



    स्रोतका अनुसार यस समूहले म्यानमारमा एक महिलालाई प्रशिक्षण दिएको छ र उनलाई आक्रमण गर्ने समूहको नेतृत्व लिन भनिएको छ।

    यस सम्बन्धमा चेन्नईका एक  व्यवसायीलाई पक्राउ गरिएको छ। रकमको केही अंश उनीसँगै रहेको वताइएको छ।

    आजतकका अनुसार आक्रमणको योजनामा संलग्न आतंकवादीहरू बंगलादेश वा नेपाल सीमा हुँदै भारत प्रवेश गर्न सक्ने वताइएको छ ।

    यसबारेमा नेपालका सुरक्षा निकायलाई जानकारी दिइएको छ वा छैन केही खुलाईएको छैन।

    पुलिस र राज्य खुफिया विभागलाई यसबारे जानकारी गराइएको छ।

    यो जानकारी दिल्ली, यूपी, बिहार पंजाब र पश्चिम बंगालको ब्यूरोमा हिजो राति दिइएको छ ।

    दिल्ली, अयोध्या, बोधगया, पश्चिम बंगाल र श्रीनगरका धेरै ठूला शहरहरूलाई आतंककारीले लक्षित गर्न लागेको सूचना दिइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार