Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • नेकपाकै प्रवक्ताले भने -भारतीय गुप्तचरलाई प्रमले भेट्नु नै गलत, यो आचारसंहिताविपरीत छ

    नेकपाकै प्रवक्ताले भने -भारतीय गुप्तचरलाई प्रमले भेट्नु नै गलत, यो आचारसंहिताविपरीत छ

    अनलाइन नेपाल
  • आइतबार, ९ कार्तिक २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग भेटेको विषयमा  नेकपाकै प्रवक्ता नारायणकाजी श्रेष्ठले गम्भिर आपत्ती जनाएका छन् ।

    उक्त भेटलाई नेता श्रेष्ठले कूटनीतिक मुल्य र आचारसंहिताविपरीत भएको बताएका छन् ।



    केहीदिन देखि गोरखा र चितवनबाट भ्रमण गरि काठमाडौं फर्किएको भन्दै उनले लेखेका छन्,‘यसबिचमा भारतको गुप्तचर सँस्था ’र ’प्रमुख सामन्त गोएल बिमान नै चार्टर गरी आफ्नो टोली सहित नेपाल आएर हाम्रा प्रधानमन्त्रीसँग ‘वार्ता’ गरेर फिर्ता भएछन् ।



    प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको सँस्थागत जानाकारी र उपस्थिति बिना उनलाई भेट्नुभएछ। हाम्रो पार्टीलाई यसबारेमा कुनै पुर्व जानाकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै सँस्थागत एवं औपचारिक छलफल भएको छैन ।’

    श्रेष्ठले आफ्नो धारणा नीजि भएको समेत बताएका छन् । ‘त्यसैले यस सम्बन्धमा यहाँ ब्यक्त बिचार मेरो निजी बिचार हो । मेरो बिचारमा नेपालको राजनीतिक एवं कुटनीतिक ईतिहाँसमा यस प्रकृतिको यो पहिलो घटना हो ,देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसुचि बिदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा बिपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको,’ श्रेष्ठको भनाई छ,‘नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ ।’

    प्रधानमन्त्री ओली पक्षधरले गोयल भरतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर आएको हल्ला गरेपनि उनले यसको समेत खण्डन गरेका छन् ।

    ‘बिदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो बिशेष दुतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो । तर त्यस्तो पनि देखिएन,’ उनले सामाजिक सञ्जालमै लेखेका छन्,‘त्यसैले गम्भीर प्रश्न उठ्छ,बिदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ? यसप्रकारको कर्यबाट राष्ट्रिय स्वाभिमान ,प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन , अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार