Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संवैधानिक परिषद्को बैठकमा देउवा सहभागी नहुने

काठमाडौं । आइतबार बोलाइएको संवैधानिक परिषदको बैठकमा प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आउन नसक्ने जानकारी दिएका छन् ।

देउवाले २९ गते सरकारविरुद्ध देशभर विरोध प्रदर्शन कार्यक्रम रहेको भन्दै त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने सन्देश दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक भोलि आइतबार विहान ९ बजे बोलाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा रिक्त पदमा पदपूर्ति गर्ने तयारीका साथै संवैधानिक परिषदको बैठक बोलाइएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077