Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • दुई लाख भारतीय नोटसहित पक्राउ

    दुई लाख भारतीय नोटसहित पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २७ मंसिर २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    माेरङ । भारतीय नोट एक लाख ९९ हजारसहित एक जना भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ ।

    पक्राउ पर्नेमा भारत सुन्दर विहार पश्चिम दिल्ली बस्ने ५६ वर्षीय महेश चन्द्र रहेका छन्।



    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१७ इस्लामपुरस्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले चन्द्रलाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा भारतीय नोट पाँच सयको ३९० थान र दुई हजारको दुई थान गरी एक लाख ९९ हजारसहित शुक्रबार साँझ पक्राउ गरेको छ ।



    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार