Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ब्रेक फेल भएको ट्रकले ८ सवारीलाई ठक्कर दिँदा एकको मृत्यु, ३ जनाको अवस्था गम्भीर

काठमाडौं । कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा  ६ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० ट्रक कलंकीको कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल हुँदा ८ वटा सवारी साधनलाई ठक्कर दिएर क्षति पु-याएको हो ।

दुर्घटनामा ओखलढुङगा घर भएका अन्दाजी ३० वर्षीय शंकर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । ब्रेक फेल भएको ट्रक घर भित्रै छिरेको थियो । घटनास्थलमा क्रेन लगेर दुर्घटना भएको ट्रक तानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077