Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वराजले लगाए एआईजीकाे फूली

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) शैलेश थापा क्षेत्रीले अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका विश्वराज पोखरेललाई दर्ज्यान्ही चिन्ह प्रदान गरेका छन् ।

मन्त्रिपरिषद्को बिहीबार बसेकाे बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । साेही अनुसार आईजिपी क्षेत्रीले पोखरेललाई दर्ज्यान्ही चिन्ह प्रदान गरेका हुन् ।

बढुवा समितीले गरेको सिफारिसलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । एआईजीमा बढुवा भएसँगै पोखरेल नेपाल प्रहरीको आगामी आईजिपी बन्ने निश्चित भएको छ।

हालका आईजिपी क्षेत्री र अन्य तीन एआईजीले २०७९ बैशाख १८ गते अनिवार्य अवकाश पाएपछि पोखरेल एक्ला एआईजी हुनेछन् । प्रहरी नियमावलीमा बहालवाला एआईजीमध्येबाट र एआईजी नभए डीआईजीमध्येबाट आईजिपी नियुक्त गर्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077