Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एआईजी बढुवा प्रकरणमा संसदिय समिति आक्रोशित, पोखरेलले फूली लगाउन पाउलान ?

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेठले समितिले दिएको निर्देशन सरकारले पालना गर्नैपर्ने जिकीर गरेकी छन् ।

समितिले डिआईजी विश्वराज पोखरेललाई एआईजी बनाउन मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न गत बुधबार नै निर्देशन दिएको थियो ।

तर, विहिबारको मन्त्रीपरिषद्ले समितिले दिएको निर्देशनविपरीत डिआइजी पोखरेललाई एआईजीमा बढुवा गरी पदस्थापन समेत गरिसकेको छ ।

सो निर्णय विरुद्ध समितिका सभापति श्रेष्ठले अझै कडा बन्ने संकेत देखाएकी छन् । समितिलाई सरकारका गलत क्रियाकलापहरुलाई सच्याउनेदेखि निर्देशन समेत दिन सक्ने अधिकार छ ।

सभापति श्रेष्ठले जनताप्रति उत्तरदायी हुन पनि सरकारले समितिका निदेशनहरू पालना गर्नुपर्ने बताएकी छन् ।

जसका कारण भर्खरै एआईजीमा बढुवा भएका विश्वराज पोखरेलको पद धरापमा परेको छ । पोखरेल बढुवा भए पनि अब फूली लगाउन पाउने हुन वा होइनन् ? अन्यौल नै छ ।

सरकारले अटेर गरेका कारण राज्य व्यवस्था समितिले अर्को निर्देशन समेत दिन लागेको समिति स्रोतको दावी छ ।

समितिको बैठकमा अधिकांश सांसदहरूले गलत विधिबाट निर्णय भएको भन्दै उक्त बढुवा प्रकृया नै खारेज गर्न निर्देशन दिनुपर्ने बताएपछि समितिकाे निर्णय कार्यान्वयन गर्न समितिले सरकारलाई निर्देशन दिएको थियो ।

उपप्रधानमन्त्री इश्वर पोखरेलले आफ्ना नातेदार विश्वराजलाई आईजीपी शैलेश थापा क्षेत्रीको कार्यकाल सकिएपछि प्रतिष्पर्धा नै नगराईकन आईजीपी बनाउन यो खेल रचेका हुन् ।

उपप्रधानमन्त्री पोखरेलको यस्तो गलत कामले गर्दा प्रहरी संगठनमा चेन अफ कमाण्डमा समस्या देखिने निश्चित छ । साथै  विश्वराजका ब्याचीहरु समेत प्रतिष्पर्धा नै गर्न नपाउने भएपछि नैराश्यता छाएको छ । जुन कुराले सिंगो प्रहरी संगठनमै असर पर्ने देखिन्छ ।

वर्तमान आईजीपी क्षेत्रीको कमजोर कार्यशैलीका कारण सरकारले यस्ता गलत निर्णयहरु पुनः दोहोर्याउन सक्ने अर्को त्रास पनि प्रहरी अधिकारीहरुमाझ फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077