Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नक्कली बीमाको पैसाबाट पुनः अध्यक्ष बन्ने दाउमा चापागाईँ

    नक्कली बीमाको पैसाबाट पुनः अध्यक्ष बन्ने दाउमा चापागाईँ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ मंसिर २०७७
  • 3K
    SHARES

    काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको पुनः अध्यक्ष बन्नका लागि वर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईँ चलखेलमा लागेका छन् । उनको कार्यकाल पुस १३ गते सकिँदैछ ।

    २० वटा निर्जीवन बीमा कम्पनी, १९ वटा जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनी गरि ४० वटा बीमा कम्पनीहरूको नियमन गर्ने समितिको पुनः अध्यक्ष बन्न उनले गरेको चलखेलका कारण अन्य आकांक्षीहरु सफल नहुने अवस्था देखिएको बीमा समिति स्रोतले बतायो ।



    समितिको अध्यक्ष बन्नका लागि पोखरा विश्वविद्यालयका प्राध्यापक डा.रविन्द्र घिमिरे, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक तथा चाटर्ड एकाउन्टेन्ट तथा आईक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य तथा कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला, नेपाल पुनर्बीमा कम्पनीका निवर्तमान अध्यक्ष महेश गुरागाईँ, राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेल र चाटर्ड एकाउन्टेन्ट तथा आईक्यानका पूर्व अध्यक्ष टंक पनेरु पनि दौडधूपमा लागेका छन् ।



    तर, चापागाईँले ठूलो आर्थिक चलखेल गरेका कारण उनीहरुको प्रयास खेर जाने स्रोतको दावी छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र कृष्ण बहादुर महरा अर्थमन्त्री भएका बेला चापागाईँ बीमा समितिको अध्यक्ष बनेका थिए । पहिला ग्लोबल आईएमई बैंकका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको फेरो समाएर प्रचण्डकोमा पुगेका उनी अहिले पनि प्रचण्डलाई खुसी बनाएर पुनः अध्यक्ष पद दोहोर्याउने दाउमा छन् ।

    चापागाईँले प्रचण्डसँग आफ्नो सम्बन्ध राम्रो रहेको देखाउनका लागि फेसबुकमा सँगै बसेको तस्विर राखेर प्रचण्डलाई जन्मदिनको शुभकामना दिएका छन् ।

    चापागाईँमाथि नक्कली बीमा दावी गरेका दर्जनौं कम्पनीहरुलाई भुक्तानी दिन दबाब दिई कमिसन खाने गरेको आरोप लाग्दै आएको छ । जसको उदाहरण गौरीशंकर फर्निचर उद्योग हो । गौरीशंकरमा आगलागी हुँदा १ लाख भन्दा बढि क्षती नभएको भए पनि चापागाईँकै मिलेमतोमा ५ करोड रकम दाबी गरिएको स्राेतकाे भनाइ छ ।

    चापागाईँले १ करोड कमिसन पाउने शर्तमा ५ करोड रकम सदर गर्न सगरमाथा इन्स्योरेन्स कम्पनीलाई दबाब दिंदै आएको स्रोतको दावी छ । यो प्रकरण अहिले बीमा समितिमा निर्णय हुन नसकी विचाराधिन अवस्थामा रहेको छ । यस सम्बन्धमा प्रतिक्रिया लिनका लागि चापागाईँसँग बारम्बार सम्पर्कको प्रयास गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार