Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीन कम्पनी कालोसूचीमा

काठमाडौं । ३ वटा ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेकेदार कम्पनीहरु साइनो छापाखाना, राजवंशी निर्माण सेवा, श्री साई इम्पेक्स र के डि एम इन्टरनेशनल प्रा.लि. लाई कालोसूचीमा राखेको हो । तीनवटै कम्पनीलाई १/१ वर्ष अवधिका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । उनीहरुको कालोसूची बुधबारदेखि लागू भएको छ ।

सार्वजनिक खरिल ऐनको प्रावधान अनुसार तोकिएको समयभित्र निर्माण नसक्ने निर्माण व्यवसायी वा तोकिएको परिमाण, गुणस्तर र समयमा आपूर्ति गर्न नसक्ने आपूर्तिकर्ता वा तोकिएको समयमा परामर्श सेवा दिन नसक्ने परामर्शदाता लगायत ठेकेदार कम्पनीलाई सार्वजनिक निकायको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेर कारबाही गर्नसक्ने व्यवस्था गरेको छ । सोही अनुसार उनीहरुलाई कालोसूचीमा राखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077