Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने युवक पक्राउ

काठमाडौं । डियुटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालकलाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटका २४ वर्षीय रिमजेन लामा रहेका छन्।

उनले काठमाडौंको बालाजु बाईपास सडक खण्डमा ट्राफिक प्रहरी जवान दुर्गा प्रसाद यादवलाई दुई हजार रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

ना १५ प ८५०२ नम्बरको मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत स्वरुप परिवर्तनमा कारवाही गर्न खोज्दा लामाले ट्राफिक प्रहरी यादवलाई घुस दिन खोजेको ट्राफिक महाशाखाले जनाएको छ ।

आर्थिक प्रलोभनमा पार्न खोजेकोले चालक लामालाई पक्राउ गरी कारवाहीको लागि महानगरीय प्रहरी वृत बालाजुमा बुझाइएको महाशाखाले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077