Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पेस्तोल देखाएर ४ लाख लुटपाट

    पेस्तोल देखाएर ४ लाख लुटपाट

    अनलाइन नेपाल
  • बुधबार, २४ मंसिर २०७७
  • 4.8K
    SHARES

    फाइल फोटो

    सिरहा । सिरहामा पेस्तोल देखाएर बुधबार चार लाख रुपैयाँ लुटिएकाे छ।

    इलाका प्रहरी कार्यालय लहानका अनुसार मास्क लगाएर आएका दुई जनाको समूहले बुधबार दिउँसो लहान नगरपालिका–२३ का ५४ वर्षीय जागेश्वर यादवलाई पेस्तोल देखाई ४ लाख रुपैयाँ लुटपाट गरेको हो ।



    घरायसी ऋण तिर्न लहानस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थबाट चार लाख रुपैयाँ झिकेर घर फर्किदै गर्दा यादवलाई पेस्तोल देखाएर लुटपाट गरिएको प्रहरीले जनाएकाे छ ।



    लुटपाट गरिसकेपछि मोटरसाइकल चढेर उनीहरु भागेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार