Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ‘विप्लव’ समूहका २ कार्यकर्ता पक्राउ

    ‘विप्लव’ समूहका २ कार्यकर्ता पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २२ मंसिर २०७७
  • 2.3K
    SHARES

    रुकुम पश्चिम । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सरकारले प्रतिबन्ध लगाएकाे नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पालिका सेक्रेटरीसहित २ जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा सानीभेरी गाउँपालिका सेक्रेटरीको रुपमा कार्यरत आठबीसकोट नगरपालिका–३ का २३ वर्षीय बाबुराम विश्वकर्मा र शिव विक रहेका छन् ।



    सानीभेरी गाउँपालिका–३ पेदीबजारबाट पक्राउ परेका बाबुराम विप्लव समूहनिकट युवा संगठनका जिल्ला उपाध्यक्ष तथा शिव कोषाध्यक्ष रहेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार