Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

खुमलटारमा दूत पठाएर निकटष्थहरुसँग बालुवाटारमा छलफल गर्दै ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको सम्बन्ध सुधारका लागि खुमलटारमा दूत पठाएका छन् ।

स्रोतका अनुसार प्रचण्ड निवास खुमलटारमा उपप्रधानमन्त्री समेत रहेका आफू निकट नेता इश्वर पोखरेललाई पठाएर सहमतिको प्रयास थालेका छन् ।

पाखेरले अहिले सहमतिका विभिन्न प्रस्ताव लिएर प्रचण्ड निवास खुमलटारमा छलफलमा व्यस्त रहेको स्रोतको दावी छ ।

यता, ओलीले भने आफू निकट नेताहरुलाई बालुवाटारमै बोलाएर छलफल थालेका छन्।

प्रधानमन्त्री ओलीले बालुवाटारमा अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल पक्षसँगको बिवादका विषयमा छलफल थालेको बताइएको छ ।

ओलीले बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर पार्टीमा देखिएको बिवादका बारेमा छलफल गरेका थिए। त्यसलगत्तै राष्ट्रपति भण्डारीले अर्का अध्यक्ष प्रचण्डलाई शीतल निवास बोलाएर छलफल गरेकी थिइन्।

यसअघि अध्यक्ष ओलीले १७ गतेको सचिवालय बैठकमा ओलीले उपस्थित नहुने अडान लिएपछि प्रचण्डले बैठक ३ दिन सार्दै शनिवारका लागि सचिवालय बैठक बोलाएका छन्।

सचिवालय बैठक सर्दा १८ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक प्रभावित भएको थियो। मंसिर २१ गतेका लागि स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ।

सचिवालयमा ओली र प्रचण्ड दुबै अध्यक्षले आ–आफ्नो प्रस्ताव पेश गरेका छन् । ओलीले प्रचण्डलाई सचिवालयमा दर्ता भएको प्रस्तावलाई फिर्ता लिएर सहमतिमा आउन आग्रह गरिरहेका छन्।

तर प्रचण्ड–नेपाल समूह भने प्रस्ताव फिर्ता लिने पक्षमा छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077